पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा पर्यटकलाई लक्षित गर्दै सुनसरीको कोशी गाउँपालिका–६, कोशी कटान नजिकै आधुनिक ‘होटल यात्री क्याफे’ सञ्चालनमा आएको छ। कोशी कटान बजारबाट करिब २०० मिटर अगाडि, बजारको उत्तरतर्फ राजमार्ग छेउमै शुक्रबारदेखि क्याफे सञ्चालनमा ल्याइएको हो।>
कोशी ब्यारेजदेखि इनरुवासम्म यात्रुहरूले सहज रूपमा आधुनिक क्याफे तथा स्तरीय खानपानको सुविधा पाउन कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याइएको सञ्चालिका मुन्नी देवी मेहताले जानकारी दिनुभयो। उहाँका अनुसार महेन्द्र राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुहरूले सामान्यतया यस्ता सुविधाका लागि इनरुवासम्म पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले क्याफे सञ्चालन गरिएको हो।>
मुन्नी देवी मेहता र महेश मेहताको संयुक्त लगानीमा सञ्चालनमा आएको होटल यात्री क्याफेमा स्वादिष्ट खानपानसँगै लजिङ तथा फुडिङको सुविधा पनि उपलब्ध रहेको छ। यात्राका क्रममा केही समय आराम गर्न, परिवार तथा साथीभाइसँग बसेर खानपिन गर्न र आवश्यक परे रात बिताउन चाहने ग्राहकलाई लक्षित गरी होटल सञ्चालन गरिएको सञ्चालिका मेहताले बताउनुभयो।>
पछिल्लो समय कोशी कटान क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ। यहाँ घुम्न आउने पर्यटकलाई सुविधासम्पन्न खानपान तथा बसोबासको व्यवस्था सहज रूपमा उपलब्ध नहुँदा समस्या हुने गरेको छ। यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुका साथै पर्यटक र यात्रुलाई आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालिका मेहताको भनाइ छ।>
होटल यात्री क्याफेमा शाकाहारी (भेज) तथा मांसाहारी (ननभेज) परिकारका साथै विभिन्न पेय पदार्थ उपलब्ध हुनेछन्। सञ्चालिकाका अनुसार खाद्य परिकार तथा पेय पदार्थ तोकिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनुसार उपलब्ध गराइनेछ, जसले ग्राहकलाई मूल्यका विषयमा स्पष्टता र सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।>
ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले होटलले तिहारसम्मका लागि विशेष छुट योजनासमेत ल्याएको छ। यस अवधिमा ग्राहकले २० प्रतिशत छुट प्राप्त गर्न सक्ने सञ्चालिका मेहताले जानकारी दिनुभयो।>
राजमार्गमा यात्रा गर्ने यात्रु, स्थानीय बासिन्दा, परिवारसहित घुम्न आउने पर्यटक तथा कोशी कटान क्षेत्रको भ्रमणमा आउने आगन्तुकका लागि होटल यात्री क्याफे खानपान र आरामको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।>
कोशी कटान घुम्ने योजना बनाउँदै हुनुहुन्छ? स्वादिष्ट खानपान, आरामदायी बसाइ र तिहारसम्मको २० प्रतिशत छुटको अवसरका लागि होटल यात्री क्याफेमा पुग्न सक्नुहुन्छ।>>