कालिका स्कुल बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति

लाइभ न्यूज रफतार 3795+ समाचार ( )
२३ अशोज २०८३

पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न महानगरपालिकाले समिति गठन गरेको छ।

वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिलाई दुर्घटनाको कारण पत्ता लगाई पाँच दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ।

कालिकास्थित ओख्लेको भीरमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अन्य घाइते उपचाररत छन्। समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था अध्ययन गरी यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसमेत सुझाउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार