एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० जेठ २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको दाबी गरेका छन् ।जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित सभामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौं र करोडौंको घोटाला हुने गरेको छ।’

उनले अगाडि थपे, ‘म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइप गर्दै रहेको कुरा अहिले एकै दिन एउटै रूटबाट पचासौं लाख सरकारको हातमा गइराखेको छ भ्रष्टाचारको रूपमा ।’उनले यस्तो अवस्थामा आर्थिक अवस्था नसुध्रिने भन्दै चिन्ता व्यक्त गरे । ‘यो स्थिति भएपछि कसरी आर्थिक गतिविधिमा सुधार हुन्छ निकै ठूलो चिन्ताको विषय भएको छ,’ उनले भने, ‘फेरि पनि हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा लगातार जोड दिएका छौं ।’ प्रचण्डले माओवादी अहिले जागरण अभियानमा सुशासनको पक्षमा निस्किएको दाबी गरे । ‘अहिले हामी देशव्यापी अभियानमा जानुको पछाडि पनि सरकारका यी गलत क्रियाकलापको भण्डाफोर गर्नु, सरकारलाई खबरदारी गर्नु हो ।’

उनले भ्रष्टाचारका गतिविधि नरोकिए आन्दोलनमा जाने चेतावनी दिए । ‘यदि उनीहरूले यसबाट शिक्षा लिंदैनन् भने सरकारका विरुद्ध आन्दोलित हुने तयारी गर्नु पनि हाम्रो उद्देश्य रहेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार