वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
१२ अशोज २०८२

 नेपालले शनिबार राति सम्पन्न वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकाल्यो ।

वेस्ट इन्डिजविरुद्ध १४८ रन डिफेन्ड गर्दै नेपालले १९ रनको जित निकाल्दै आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) राष्ट्रविरुद्ध पहिलो जित निकाल्न सफल भयो । नेपालको ऐतिहासिक जितमा सबै खेलाडीहरूले राम्रो प्रदर्शन गरे । विशेषगरी कप्तान रोहित पौडेलको प्रदर्शन शानदार रह्यो । उनी प्लेयर अफ दि म्याच घोषित भए । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेदेखि यस खेलअघिसम्म नेपाली क्रिकेट टोलीले टी-२०आई अन्तर्राष्ट्रियमा १०३ खेल खेलेको थियो । १०४औं खेलमा नेपालले अन्तत: आईसीसीको फूल मेम्बरलाई हराउन सफल भयो ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन । आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार