फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ८ टिम छनोट

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
२९ अशोज २०८२

फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ८ टिम छनोट भएका छन् । एसियन छनोट अन्तर्गत चौथो चरणबाट कतार र साउदी अरेबिया छनोट भएपछि एसियाबाट विश्वकपमा पुग्ने टिमसंख्या ८ पुगेको हो ।

चौथो चरणमा कतारले युएईलाई २-१ ले पराजित गर्दै समूह ए को विजेता बनेर विश्वकपमा छनोट भएको हो भने समुह बी मा इराकसँग गोलरहित बराबरी खेलेपनि धेरै गोल गरेका आधारमा साउदी अरेबिया भाग्यमानी बन्यो । अहिलेसम्म एसियाबाट जापान, इरान, दक्षिण कोरिया, अष्ट्रेलिया, उज्वेकिस्तान, जोर्डन, कतार र साउदी अरेबिया अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपका लागि छनोट भइसकेका छन् ।

विश्वकपमा सहभागी टिम संख्या बढाएर ४८ पुर्‍याएपछि एसियाबाट विश्वकप खेल्ने टिमको कोटा समेत बढाइएको थियो । जसमा एसियाबाट ८ टिम सिधै छनोट हुनेछ भने एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्ने अवसर पाउनेछ । प्लेअफ जितेमा एसियाबाट विश्वकप पुग्ने टिम अझै थपिन सक्छ । एसियाको तेस्रो चरण छनोटबाट इरान, उज्वेकिस्तान, दक्षिण कोरिया, जोर्डन, जापान र अष्ट्रेलियाले विश्वकपमा स्थान बनाएका थिए । त्यसपछि चौथो चरणको छनोटमा ६ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । जसमा कतार समूह ए र साउदी समूह बी बाट शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएका हुन् ।

चौथो चरण छनोटमा समुह उपविजेता बनेका युएई र इराकले एसियाकै पाँचौ चरणको छनोटमा दुई लेगको प्लेअफ खेल्नेछन् । त्यसबाट विजेता बन्ने टिमले अन्तरमहादेशिय छनोट खेल्ने अवसर पाउनेछ । सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपमा अहिलेसम्म २८ टिम छनोट भइसकेका छन् । जसमा अफ्रिकाबाट ९ टिम छनोट भइसकेको छ भने एसियाबाट ८, दक्षिण अमेरिकाबाट ६ टिम छनोट भएका छन् ।

यस्तै युरोप र ओसिया क्षत्रेबाट समान १ टिम छनोट भएका छन् । आयोजकको हैसियतामा अमेरिका, मेक्सिको र क्यानडा स्वत भएका हुन् । अब २० टिम छनोट हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार