कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय हो : शेरबहादुर देउवा

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
२ वैशाख २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दा पार्टीगत नभएको बताएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय भएको बताएका छन् । ‘यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले बैठकमा भने । आइतबारदेखि गरिएको संसद बैठक अन्त्यले सरकार सहकारी पीडितका पक्षमा नभएको देउवाले बताए । सरकार सुशासनको पक्षमा नरहेको र गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको संसद बैठक अन्त्यले पुष्टि गरेको उनले बताए ।

सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरुलाई निर्देशन दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार