आज विहानै एउटा पोस्ट भाइरल भयो , त्यो थियो कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको । कोशी नामलाई लिएर अहिले पनि कोशी प्रदेशमा विवाद यथावतै छ । तर मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना संदेशले पहिचान पक्षधरहरु निकै खुसि भए । मुख्यमन्त्री कार्कीकै पोष्टमा सकारात्मक प्रतिक्रियाहरु ऋाउन थाले । >
किन भने , उक्त शुभकामना संदेशमा कोशी प्रदेशको नाम नै थिएन । यस अघि मात्रै झापामा मुख्यमन्त्री कार्कीको गाडिमा पहिचान पक्षधरहरुले आक्रमण गरेका थिए ।
>
जति खुशी पहिचान पक्षधरहरु भए त्यती नै निराश भए जब अर्को पत्र सार्वजनिक भयो जस्मा कोशी प्रदेशको नाम स्पष्ट लेखिएको थियो । तमु ल्होसारको अवसरमा दिएको शुभकामना सन्देशमा प्रदेशको नाम नै छुटेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रति अनेकन टिकाटिप्पणी आएपछि , लाइभ न्यूजले यस विषयमा भएको के हो रु बुझने प्रयास गरे ।
>
आइतबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् । कोशीका मुख्यमन्त्री कार्कीले पनि शुभकामना सन्देश जारी गरे । सन्देशको दायाँ भागमा ‘बिराटनगर नेपाल’ मात्र लेखिएको शुभकामना सन्देश सञ्चार माध्यमहरुलाई पठाइएको थियो । कार्कीको आफ्नै सामाजिक सञ्जालमा पनि पोष्ट भयो ।
>
तर प्रदेशको नाम नदेखेपछि प्रश्न उठ्यो । सामाजिक सन्जाल प्रयोगकर्ताले ‘कुन प्रदेशको मुख्यमन्त्री रु’ भन्दै प्रश्न गरे । पहिचान पक्षधरले भने प्रदेशको नाम नलेखी शुभकामना सन्देश जारी गरेको भन्दै खुसी व्यक्त गरे ।
>
लगतै अर्को शुभकामना सन्देश जारी भयो, जसमा प्रदशको नाम पनि समावेश भयो । सचिवालयले तयार पारेको शुभकामना कार्कीको वालमा पोष्ट भयो । पछि फेरी उक्त पोष्ट सच्याइयो ।
>
लाइभ न्यूजलाई मुख्यमन्त्रीका सचिवालयका एक स्वकीयले भने , प्राविधिक त्रुटि भएको हो , ‘पहिले नेपाली कागजमा शुभकामना जारी गर्दा नाम छुट्यो, पछि सच्याएका छौं,’ उनले भने, ‘प्राविधिक त्रुटि भयो ।’
>
लाइभ न्यूजका लागी पोलिटीकल ब्यूरो
>>