नक्कली शरणार्थी प्रकरणः खाँणको निवेदनमाथि आज सुनुवाइ

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
नक्कली शरणार्थी
२८ मंगशिर २०८०

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

निवेदनको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा तोकिएको छ । मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले खाँणको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।

१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । उच्च अदालत नियमावली तथा ऐन अनुसार अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश आएपछि खाँणको पक्षमा टुंगो लाग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार