काठमाडौंका मेयर बालेन्द्र साहले महानगरभित्र हिन्दी फिल्म प्रतिबन्धित गरिदिएपछि यसको तरंग भारतसम्म पुग्यो ।>
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को संवादमा आपत्ति जनाउँदै उनले कुनै पनि हिन्दी फिल्म काठमाडौंमा चल्न नदिने अडान लिएका थिए ।
तर, अदालतले बालेनको कदमलाई निस्तेज पार्दै भारतीय फिल्म नरोक्न आदेश दिएको छ । अदालतको आदेशप्रति बालेन सन्तुष्ट छैनन् । उनले राष्ट्रियताको सवालमा अदालतलाई समेत नमान्ने अडान लिएका छन् । आम दर्शकको समर्थन बालेनलाई छ । अहिले काठमाडौंका हलहरूमा भारतीय फिल्म चले पनि हेर्ने दर्शक छैनन् । यही विषयको सेरोफेरोमा एउटा भारतीय सञ्चारमाध्यममा बालेनको अन्तर्वार्ता प्रकाशित भएको छ । दैनिक भास्करसँगको अन्तरवार्तामा बालेन स्पष्ट र कडा रूपमा पेश भएका छन् । उनले भनेका छन् कि नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि प्रहार गर्ने कुनै पनि हर्कत मञ्जुर हुँदैन ।>
>>>
मेयर भएदेखि कुनै पनि नेपाली सञ्चारमाध्यममा अन्तरवार्ता नदिएका बालेनले विदेशी मिडियालाई सम्भवतः पहिलो अन्तरवार्ता दिएका हुन् । >
>
>>