बिराटनगरमा छठ पूजाको तयारि थालियो : धूजा पूजा सम्पन्न

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१५ कार्तिक २०८०

कपलेश्वर यादब/ बिराटनगर

बिराटनगरमा छठ पूजाको भव्य तयारी थालिएको छ । बिशेष गरि बिराटनगरको हाटखोला स्थीत सिंघिया नदी , केशलिया नदी , केशलिया रोडको नहर , रानी स्थीतको नहर लगायतको जलाश्यमा छठ पूजाको तयारी थालिएको छ । 

मंगलबार , बिराटनगर महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष समेत रहेका अक्षय सहनिले छैठ पुजा घाट नजिकको स्थलमा धूजा पूजा गरेका छन् । 

बिराटनगर वडा नं ११ र ६ को सिमानामा पर्ने त्रिलोकीनाथ मन्दिर परिसर बाहिर नहर नजैकै धुजा पुजा गरेका छन् । 

बिराटनगरमा छैठ पुजाको दिन सबै भन्दा बढी श्रद्धालु यसै नहरमा आउने  गरेका छन् । यस पटक भने , नहर सजावट एवम पुजा , घाट निर्माण लगायतको कार्यमा १५ देखी २० लाख रुपैँया सम्म खर्च हुने अनुमान गरिएको अध्यक्ष अक्षयले बताए ।

यस पटक पनि छठ पुजाको मंसिर ३ , ४ र ५ गते सांस्कृतिक कार्यक्रम हुने अध्यक्षले बताए ।


 


प्रतिक्रिया

सम्बन्धित समाचार