नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान अन्तरिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा बनेको बताएका हुन्।>
शुक्रबार प्रेस सेन्टरले काठमाडौंमा गरेको सम्पादकहरूसँगको संवादमा अध्यक्ष प्रचण्डले अहिलेको अन्तरिम सरकार ओलीकै सिफारिसमा बनेको दाबी गरेका हुन्। 'यो सरकार केपी कै सिफारिसमा बनेको हो। हामी त साक्षी मात्रै हौं,' उनले भने। त्यसकारण ओलीले अहिलेको सरकारलाई हाहुको सरकार भन्न नहुने अध्यक्ष प्रचण्डले बताए। एमाले अध्यक्ष ओलीले अन्तरिम सरकार असंवैधानिक ढंगले बनेको उनले बताउँदै आएका छन्। >
तोडफोड र आगजनीबाट यो सरकार बनेको बताउँदै वर्तमान सरकार हाहुको सरकार रहेको ओलीले बताउँदै आएका छन्।>>