प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि बैठक स्थगित

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२४ श्रावण २०८०

प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि स्थगित गरिएको हो । बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।

सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगे ।


प्रतिक्रिया

सम्बन्धित समाचार