एक्टिभ जसपा मोरङ , उपेन्द्र यादबको नेतृत्वमा २ दिने प्रशिक्षण

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
८ मंगशिर २०८०

पुनर्गठीत जसपा मोरङको जिल्ला समिति एवम पार्टीका कार्यकर्ताहरुलाई शनिबार र आइतबार जसपा केन्द्रिय अध्यक्ष उपेन्द्र यादबको नेतृत्वमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । 

बिराटनगरको रंगि होटलमा जसपाका अगुवा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको मोरङ जिल्ला अध्यक्ष राजकुमार यादबले लाइभ न्यूज रफतारलाई जानकारी गराए ।  

मोरङमा जिल्लामा जसपाले राम्रो पकड बनाउने प्रयासमा छन् । मोरङको निर्वाचन क्षेत्र ४, ५ र ६ मा जसपाको क्रेज बढेको छ , आगामी निर्वाचन लक्षित गरेर पनि नेता कार्यकर्ताहरु मोरङको अन्य निर्वाचन क्षेत्रमा समेत आन्तिरीक रुपमा खटाएर जिल्लामा जसपालाई एकिकृत पार्न खोजिएको , जसपा केन्द्रिय सदस्य एक नेताले बताए ।  

बिहिबार नै जनता समाजवादी पार्टी (जसपा) नेपालका मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । मोरङ जिल्लाको पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्ला समिति पुनर्गठन भएको पार्टिका प्रचार प्रसार विभाग प्रमुख राकेश रोशन यादबले बताए । यादबले भने , बिहीबार मोरङ जिल्लाको पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो , जस्मा समितिको उपाध्यक्षमा महेश्वर यादव, मन्तलाल यादव सचिवमा राछामी किराती उपसचिव दिनेश साह, विनोद सिंह गनगाईं र कोाषाध्यक्षमा बिनिता सिंह चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज रामविलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्य जयराम यादव, अञ्जु खड्का, सुरेश सिंह गनगाईं रहेको सो पार्टीले जनाएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार