शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ ।>
यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८४५ रुपैयाँ पुगेको छ । सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । >
कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।>>