मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।>
अघिल्लो दिन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । >
महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो ।
>>