सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ अशोज २०८२

ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन् ।

वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए । वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माणमा लाग्ने बताए । ‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन् ।

इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृष्टि भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन्,’ मन्त्री घिसिङले भने । काठमाडौंबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए । पुर्वमा वर्षा जारी रहेको र भोलीसम्ममा त्यो पनि कम हुनसक्ने उनको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार