नेप्से स्थिर, ६ अर्बको कारोबार

लाइभ न्यूज रफतार 3771+ समाचार ( )
११ असार २०८२

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३३ अंकले घटेर  २,६००.२० विन्दुमा बन्द भएको हो ।

आज पाँच अर्ब ९४ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार पाँच अर्ब ७६ करोड ७८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । यसदिन ११२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १३४ कम्पनीको सेयरमूल्य घटेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य स्थिर छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार ८९० रुपैयाँ कायम छ । मोदी इनर्जी लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य आज पनि ९.५१ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार