आइतबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।>
आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । त्यसअघि शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो। आइतबारको तुलनामा काठमाडौंको आकाश खुला भएको र मौसम सफा भएकाले न्यूनतम तापक्रम केही घटेको मौसमविद गोविन्द झाले जानकारी दिए। अधिकतम तापक्रम आज १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान रहेको उनले बताए।>
देशका अन्य भूभागहरुमा पनि न्यूनतम तापक्रम केही घटबढ भएको उनले बताए । शनिबारसम्म सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादली हुँदा न्यूनतम तापक्रम केही बढेको भएपनि अहिले त्यसको प्रभाव नहुँदा केही घट्न सक्ने उनले बताए।>>