अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक साधारणसभा आजदेखि सिंगापुरमा सुरु

लाइभ न्यूज रफतार 3771+ समाचार ( )
२ श्रावण २०८२

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक साधारणसभा आजदेखि सिंगापुरमा सुरु भएको छ । २० जुलाईसम्म हुने यो सम्मेलन नयाँ अध्यक्ष जय शाहको नेतृत्वमा हुनेछ र यसलाई पछिल्लो समयको सबैभन्दा महत्त्वपूर्ण सम्मेलन मानिएको छ।

यस बैठकमा क्रिकेटका विभिन्न भविष्यगत योजनासम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुनेछ। बैठकमा उठ्ने मुख्य विषयमध्ये एक भनेको टेस्ट क्रिकेटलाई दुई-स्तरीय प्रणालीमा विभाजन गर्ने प्रस्ताव हो। यस योजनाअनुसार बलिया टोलीहरू जस्तै भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड शीर्ष समूहमा रहनेछन् भने कमजोर टोलीहरू दोस्रो समूहमा पर्नेछन्। यो प्रणाली तत्काल लागू नहुने र हालको विश्व टेस्ट च्याम्पियनसिप (२०२५-२७) मा कुनै असर नपर्ने जनाइएको छ। प्रस्ताव स्वीकृत भएमा यो नियम २०२७ पछि लागू हुनेछ। टी–२० क्रिकेटतर्फ, विश्वकपमा सहभागी टोलीको संख्या बढाउनेबारे छलफल हुनेछ।

हाल प्रतियोगितामा २० टोली सहभागी हुने व्यवस्था छ, तर २०२६ पछि यो संख्या २४ सम्म बढ्न सक्ने सम्भावना रहेको छ। यसका साथै, २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेशबारे अन्तिम निर्णय र छनोट प्रक्रिया पनि बैठकको महत्वपूर्ण एजेन्डा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार