‘बलिदान’को छायांकनका लागि तयार पारिएको ४० फिट अग्लो मूर्ति

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ पौष २०८१

चलचित्र ‘बलिदान’को छायांकनका लागि तयार गरिएको कालीदेवीको मूर्ति सार्वजनिक भएको छ । निर्माणपक्षबाट उक्त मूर्तिका केही तस्बिर सार्वजनिक भएका हुन् ।  मोरङको हसिना सिमसार क्षेत्रमा छायांकनका लागि करिब ४० फिट अग्लो कालीदेवीको मूर्ति निर्माण गरिएको छ । 

फिल्मको कथाको माग अनुरूप कालीदेवीको मूर्ति तयार पारिएको निर्माणपक्षले केही तस्बिरहरू सार्वजनिक गर्दै जानकारी दिएको छ। निर्देशक सन्तोष सेनका अनुसार अहिले मूर्ति राखिएको मोरङको सुन्दरहरैचा –५ नमुना सामुदायिक मैदानमा स्टेज लगाउँदै थुप्रै स्टल राखेर फिल्मको विशेष दृश्यहरू खिच्न लागिएको छ। चलचित्र ‘बलिदान’को छायांकन तीनवटा सेट बनाएर भइरहेको छ ।

मोरङ र सुनसरीका तीन ठाउँमा तीनवटा सेट बनाएर निर्माणपक्षले छायांकन गरिरहेको छ ।  इटहरीको बीएमसी स्टुडियो, मोरङको कानेपोखरी र हसिना सिमसारमा स्टुडियो बनाएर छायांकन गरिरहेको निर्देशक सन्तोष जानकारी दिए । बस्ती नै निर्माण गरेर छायांकन भइरहेको उनको भनाइ छ । तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । “तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च लागेको छ,” सन्तोषले भने । क्लाइमेक्स सिनका लागि जंगलको बीचमा भब्य सेट लगाएर छायांकन भइरहेको छ ।

‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । सन्तोष सेनको निर्देशन रहेको ‘बलिदान’ चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहनेछ ।  आशुसेन फिल्म्स प्रा.ली.को प्रस्तुति रहेको यस फिल्मको निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी सह–निर्माता हुन्।  

प्रतिक्रिया

सम्बन्धित समाचार