‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । >
गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ ।>
अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।>>