फेरि उच्च मूल्यमा पुग्यो सुन , आज १ लाख ९९ हजार ४ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
१२ भाद्र २०८२

बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो । सुनको यो मूल्य नै उच्चतम हो । चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३४५ रुपैयाँ रहेको चाँदी आज २३५५ रुपैयाँ कायम भएको छ ।

यसअघि चाँदीको मूल्यले २३६० रुपैयाँको उच्चतम रेकर्ड राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार