तोलामा १५ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

लाइभ न्यूज रफतार 3656+ समाचार ( )
१० भाद्र २०८२

मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो। यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउले अघिल्लो दिनदेखि नै नयाँ रेकर्ड बनाइरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार