तोलामा ११ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२९ असार २०८२

आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन २ हजार २२० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ पुगेको छ ।

चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार