बुधबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले सुन बढेको छ । >
महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ पुगेको छ । >
यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।>
>>