बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । >
अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । आज १८०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । >
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। >>