पोखरा–काठमाडौं रुटमा एयरबसबाट गरियो प्रवर्द्धनात्मक उडान

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
११ पौष २०८१

पोखरा–काठमाडौं रुटमा एयरबसबाट प्रवर्द्धनात्मक उडान गरिएको छ । बिहीबार पोखराबाट १ सय २६ यात्रु बोकेर ‘एयरबस ३१९’ जहाज काठमाडौं आएको हो ।

यो जहाज यसअघि चीनको छेन्दुबाट १ सय २९ यात्रुसहित पोखरा आएको थियो । पोखरा जाँदा र काठमाडौं आउँदा जहाज भरिभराउ गरेर ल्याइएको थियो । यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमा यो आकारका जहाजलाई कुनै समस्या नरहेको पुष्टि हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए । पोखरा विमानस्थलमा न्यारोबडी जहाजबाट नियमित उडान गर्न सकिने उनको भनाइ छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार डाँडा र धावनमार्गका कारण उडान गर्न नसकिने हल्ला यो उडानबाट झुटो सावित भएको छ । पोखराबाट उड्ने जहाजले काठमाडौं ट्रान्जिट गर्न वा पोखराबाट सिधै उडान गर्नसमेत सक्ने गरी बिहीबार प्रवर्द्धनात्मक उडान गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार