नेपाल साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेलमा पनि पराजित

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
१२ भाद्र २०८२

नेपाल साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेलमा पनि पराजित भएको छ । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ३ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १५७ रनमा अलआउट भयो ।

रुपेश सिंहले १९ बलमा ३७ रन तथा लोकेश बमले २६ बलमा ३२ रन बनाए। नेपाल ८२-६ को अवस्थामा हुँदा यी दुई मिलेर अर्धशतकीय साझेदारी गरेपनि जित दिलाउन सकेनन् । रुपेश र लोकेश दुवै १९औं ओभरमा क्याच आउट भएका थिए । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा करण केसी स्ट्राइकमा भएपनि उनी पनि क्याचआउट भए । त्यसपछि शाहब आलमले एक चौका प्रहार गरेर अन्तिम बलमा ४ रन आवश्यक हुँदा शाहब बोल्ड भए । त्यसअघि पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाउँदै नेपाललाई १६१ रनको लक्ष्य दिएको थियो । साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्‍यारी मानेन्तीले समान २९ रन बनाए ।

नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २-२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार