शिवरात्रीको निम्तो: बेहुलीझै सिंगारिदै पशुपतिनाथ

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
८ फाल्गुन २०८१

 महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन सुरु भएको छ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो।

पशुपतिको मूल मन्दिरसहित परिसरमा सरसफाइ सकेर रंगरोगनको काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। प्रत्येक वर्ष महाशिवरात्रिका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ।

शिवरात्रिमा छिमेकी मुलुक भारतलगायत विभिन्न देशबाट साधु सन्तहरु दर्शनका लागि आउने गरेका छन् । उनीहरुलाई बाटो खर्च सहित विदा गर्ने परम्परा रहिआएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार