वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् ।>
७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए । उनका भाइ नाता पार्ने संगीतकार वसन्त मुकारुङका अनुसार क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो । संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए ।>
रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।>>