जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो

लाइभ न्यूज रफतार 3656+ समाचार ( )
५ अशोज २०८२

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ । सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘अब बस्ने पहिलो क्याविनेटबाटै यसबारे निर्णय हुनेछ’ । मन्त्रालयमा विज्ञको रोस्टर तयार गरेर आयोग गठनबारे छलफल गरिएको थियो । आयोगको क्षेत्राधिकार (टीओआर) समेत टुंगो लागिसकेको छ । स्रोतका अनुसार, आयोगका नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने सम्भावना छ । ‘अरु केहीको नाम पनि आएका छन्, तर अहिलेसम्म उहाँकै नेतृत्वमा आयोग बनाउने भन्ने छ’, , ‘भ्रष्टाचारविराधी छवि भएकाले पनि उहाँलाई छान्न लागिएको हो ।’ उनी नेतृत्वको आयोग तीन सदस्यीय रहनेछ । सदस्यहरुको नाम समेत लगभग टुंगो लागिसकेको छ ।

नेपाली सेनाको सहजिकरणमा जेनजीसँग भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए । कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार