बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो । >
जसअनुसार आज तोलामा १ लाख ३६ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ ताेलामा १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । >
अघिल्लो दिन तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
>>