वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१० भाद्र २०८२

वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । समुदायस्तरमै हैजा फैलिएका कारण संक्रमणलाई ध्यानमा राखेर महानगरले विद्यालय बन्द थप लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्याहरू बन्द आह्वान गरेको थियो । मंगलबार एक सूचना जारी गर्दै महानगरले ११-१३ भदौसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो । महानगरले विद्यालय बन्द हुने अवधिसम्म सेवा क्षेत्रभित्रका सबै समुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा खटाउने निर्णय गरेको छ ।

हैजा नियन्त्रण सम्बन्धी पोस्टर, पम्प्लेट तथा जनचेतनामूलक सामग्रीहरू शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरूलाई उपलब्ध गराउन महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार