रवि लामिछाने जेल जाने निश्चित : डा. मुकुल ढकाल

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
९ अशोज २०८१

रास्वपाबाट निष्कासनमा परेका डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने जेल जाने निश्चित भएको बताएका छन्।

उनले सहकारीको विषय लगभग टुंगिन लागेको भएपनि राहदानी दुरुपयोगको मुद्दा बाँकी रहेको उल्लेख गर्दै त्यसको प्रमाणसमेत पेश गरेका छन्।


उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-

सहकारीको विषय लगभग टुङ्गिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ । अब कुरा गरौँ राहदानी दुरूपयोगको प्रमाणका बारेमा । ९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए । १३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए ।

त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए । १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ ।

दोहोरो राहदानीको यो मुद्दा टुङ्गो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार