स्वर्णिमलाई हराउन गगन थापा तनहुँमा

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१९ चैत्र २०७९

नेपाली कांग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनको तयारी थालेको छ।

तनहुँ १ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेद‍्वारलाई जिताउनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई खटाएको छ।

सो क्षेत्रमा नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्‍वार रहेका अर्थशान्त्री डा.स्वर्णिम वाग्ले उम्मेद‍्वार रहेको छन् भने कांग्रेसका तर्फबाट पूर्व नेविसंघ सभापतिसमेत रहेका डा.गोबिन्दराज भट्टराई प्रतिस्पर्धि रहेका छन्।

कांग्रेसका भट्टराईलाई सघाउन महामन्त्री थापा तनहुँ जान लागेका हुन्। सो क्षेत्रको प्रतिस्पर्धा कांग्रेसले आफ्नो प्रतिष्ठाको विषय बनाएको छभने भर्खरै कांग्रस परित्याग गरेका वाग्लले कांग्रेसलाई देखाउन भएपनि चुनाव जित्नै पर्ने दवाबमा छन्।

उपनिर्वाचनका लागि भोलि(सोमबार) उम्मेद्‍वारी मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यसूचीसमेत रहेको छ।

गत प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ कांग्रेसले जितेको थियो। सो क्षेत्रमा कांग्रसका सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।


प्रतिक्रिया

सम्बन्धित समाचार