ठ्याक्कै यस्तै समाचार भाइरल भयो ,“ न्यूरो अस्पतालले मृत घोषणा गरेको शवगृहमा रोखेको व्यक्ति जिवित्तै भेटिए ” । यो समाचार यसरी भाइरल भयो , जसरी एकै पटक ठूलै बाढी पहिरो आए ... घटना विराटनगरको हो । अहिले विराटनगरमा दर्जनौ न्यूरा अस्पताल संचालनमा छ । तर कुन चाहि न्यूरोले शवगृहमा रोखेको व्यक्ति जिवित्तै भेटिए यो कौतहुलताको विषय बनेको थियो । पूर्व मै जब कहि कतै न्यूरो सम्बन्धी उपचार नहँुदा भारतको शिलिगुडि जानु पर्ने अवस्था थियो , त्यति खेर करिब २२ बर्ष अगाडि विराटनगरमा न्यूरो अस्पताल अर्थात हालको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पताल सचालनमा आएको हो । >
“ मृत घोषणा ” भएको सम्बन्धी समाचार पनि न्यूरो अस्पतालको हो भन्दै अस्पतालको ०२१– ४१७४८४ , ०२१–४१६२६७ र त्यहाँ कार्यरत थुप्रै कर्मचारीको मोबाइलमा समेत पत्रकार , अधिकारकर्मी , जनप्रतिनिधि , प्रशासनको फोनको घण्टी बज्न थाल्यो । सबैलाई एउटै जवाफ न्यूरोले फर्काउदै थिए , “ हजुर , यो मृत घोषणा सम्बन्धी घटना यहाँको होइन् ” । त्यसो भए यो घटना कहाँको हो ? यस्को यथार्तता के हो ? आखिर भएको के हो ?>
त्यस पछि यो घटनाबाट तनाबमा रहेको न्यूरो अस्पतालले मंगलबार एक प्रेस विज्ञप्ती नै जारी गरेको पाइएको छ । विराटनगरको एक अस्पतालले मृत घोषणा गरेको शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्दै विभिन्न संचारमाध्यमहरुमा आएका समचार गलत भएकोले र उक्त हस्पिटल न्यूरो नभएको बताएको छ । केही संचारमाध्यहरुले न्यूरो अस्पतालको नाम राखेको प्रति आपत्ती समेत जनाएको छ । ‘सामाजिक सन्जालमा आम सर्वसाधारण देखि नागरिक अगुवा, जनप्रतिनिधीहरु समेत ठुलो भ्रममा परेको देखिएको अस्पतालले जनाएको छ । विराटनगर–१० स्थित न्यूरो कार्डिओ एण्ड मल्टिस्पेशियालिटी प्रा.लि.ले आफ्नो ब्राण्ड नाम (न्युरो अस्पताल)को दुरुपयोग गरी अस्पतालसँग मिल्दोजुल्दो नाम र विज्ञापन राखी अन्य अस्पतालले आफ्नो ब्राण्ड र सेवाहरुबारे गलत प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो ब्राण्ड नाम (न्युरो हस्पिटल)लाई अन्य नयाँ खुलेका अस्पतालहरुले प्रयोग गरेको भन्दै सरोकारलवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराएको हो ।>
विराटनगरमा न्यूरो नामको आगाडि पछाडी अन्य कुनै नाम राखि दर्जर्नौ न्यूरो भनिने अस्पतालहरु संचालनमा छ । न्युरो अस्पतालले दुई दशकभन्दा लामो समयदेखि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेर कमाएको ख्यातिलाई अनुचित तवरले गलत प्रयोग गरेको, गलत सूचना सम्प्रेषण गरेको, न्यूरो अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरुको बारेमा अफवाह फैलाउने, र उनीहरुको संस्थामा आवद्ध छन् भनी भ्रम पार्ने, न्यूरो अस्पतालको शाखा हो भनी गलत प्रचारप्रसार गर्ने गरेको पाएको भन्दै आपत्ति जनाएको छ । अस्पतालले यस्ता भ्रमको पछि नलाग्न समेत सबैमा सचेत रहन अनुरोध गरेको छ । >
अस्पतालका प्रबन्ध निर्देश्क राजेश भट्टराईले भने , “ मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित भेटिएको भन्ने हल्लापछि, अस्पतालको नाम दुरुपयोग गर्दा आफ्नो अस्पतालको पनि बदनाम भएको र आफ्ना विरामीहरु भ्रममा परेको र विरामीहरुको स्वास्थ्यमा खेलवाड गरेको भन्ने गुनासाहरु लगातार आइरहेको बताए ।” निर्देशक डा.भट्टराईले अन्य अस्पतालले पनि न्युरो अस्पतालसँग मिल्दो जुल्दो विज्ञापन राखी प्रचारप्रसार गर्ने कार्य गरेको पाएको भन्दै आपत्ति जनाएका छन् । यसरी कसैको ब्राण्डको दुरुपयोग गरी सर्वसाधारणलाई दिगभ्रमित गर्ने प्रवृत्तिलाई हतोत्साहित गर्न कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने र कसैको ब्राण्डको नाम प्रयोग गर्न नपाउने गरी वर्जित गर्नुपर्नेमा अस्पतालले जोड दिएको छ । दुईदिन अघि मात्रै मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको भनी अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहर जीवितै रहेको भन्ने हल्लाले सनसनी मच्चिएको थियो ।>
तर उक्त अस्पतालले यसमा कुनैपनि सत्यता नरहेको भन्दै सदाको भनिएको सिसिटिभी फुटेज सार्वजनिक गर्दै उनलाई आइसियुबाट आफन्तले जिवितै आफ्नै रोहवरमा लगेको बताएको थियो ।>>