चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । >
उनीहरूबी सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।>
‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।’>
>
>>