दुर्गा प्रसाईंका समर्थकले झापामा जलाए ३ वटा ट्रक

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
७ अशोज २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकहरूले  झापामा तीनवटा भारतीय नम्बर प्लेट भएका ट्रकमा आगजनी गरेका छन्। 

बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले आज झापा जिल्लाभर यातायात बन्दको घोषणा गरेका थिए।

समर्थकहरूले कनकाई नगरपालिका–८ र बिर्तामोड नगरपालिका–६ मा आगजनी गरेका हुन्। बिर्तामोडबाट प्लाइ बनाउनका लागि कच्चा पदार्थ बोकेर जाँदै गरेको ट्रकलाई मोटरसाइकलमा आएका युवाहरूले रोकेर आगजनी गरेका थिए। बिर्तामोड दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको टोलीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो।

आगजनीका क्रममा ट्रकका चालक कुमार महतो घाइते भएका छन्, जसको उपचार बीएण्डसी अस्पतालमा भइरहेको छ। झापा प्रहरीले दुर्गा प्रसाईँका दुईजना समर्थकलाई पनि पक्राउ गरिसकेको छ, र सुरक्षाकर्मीलाई प्रमुख बजार र राजमार्गमा तैनाथ गरिएको छ। यातायात भने सामान्य रूपमा चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार