सर्लाही घटनाको सत्यतथ्य छानविन गर्न कांग्रेसको माग

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२१ पौष २०८०

नेपाली कांग्रेसले सर्लाहीको बरहथवामा एक जना युवाको ज्यान जाने गरी भएको घटनाको सत्य–तथ्य छानविनको माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै कांग्रेसले घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविनको माग गरेको हो ।

कांग्रेसले घटनामा घाइते भएकाहरुको उपचार र प्रदर्शनकारीले उठाएका विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ ।


साथै, कांग्रेसले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रहसमेत गरेको छ । सुरक्षा निकाय र सरोकारवाला पक्षलाई संयमित रहनसमेत कांग्रेसले अपिल गरेको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार