सम्झौता बचत तथा ऋण सहाकारी संस्थाले शनिवार रक्तदान कार्यक्रम गरेको छ।
>
साल २०६८ मा स्थापना भएको सम्झौता बचत तथा ऋण सहाकारी संस्था ११ वर्ष पार गरि १२ औ वर्षमा प्रवेश गरेको उपल्क्षमा संस्थाको वार्षिक उत्सव मनाउदै उक्त रक्तदान कार्यक्रम गरेको हो।
>
नेपाल रेडक्रस को प्राविधिक सहयोगले गर्दा कार्यक्रममा करिब १९ जनाले रक्तदान गरेको संस्थाको अध्यक्ष महेस प्रसाद साहले जानकारी दिए। >
संस्थाले बिराटनगर अवस्थित रहेको गोल्डेन हस्पिटलमा सहकार्य गरि आफ्नो सदस्य तथा बचात्कर्ताहरु बिरामी भए उक्त हस्पिटलमा लाग्ने खर्चमा बिशेष छुट गराउने सहमति गरि अझ बचतकर्ताहरुलाई सक्षम र सहयोग हुने हेतु कार्य गरिरहेको अध्यक्ष साहले बताए। साथै उक्त कार्यक्रम सहयोग गरेका रेड क्रस सोसाइटिलाइ संस्थाको प्रतिनिधिहरु द्वारा सम्मान सहित कदर पत्र प्रदान गर्दै कार्यक्रम समापन गरेको बताए। >>