काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु गरिएको छ । >
मंगलबार पूजाआजा गरी निर्माण सामग्रीहरू तयार गरिएको छ भने बुधबारदेखि पूर्णरूपमा काम सुरु हुने जनाइएको छ । निर्माणको काममा संलग्न व्यक्तिका अनुसार आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी तयारी गरिएको छ । त्यसका लागि आवश्यकता अनुसार सिफ्टहरू बनाइने उनले जनाए । प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको छ । >
प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ । त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो । फ्लडलाइटको काम भने सुरु हुन बाँकी छ ।>>