>
कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आज मन्त्री बन्ने भएका छन्।>
गौतमले हिजो सभामुख पदबाट राजीनामा दिएका थिए। सरकार बनाउन बहुमत पुर्याउन गौतमले सभामुखबाट राजीनामा दिएका थिए।
>
मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताए। तर कसले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागिसकेको छैन।
>
अहिले गठबन्धन दलबाट एक एक जनामात्रै मन्त्री बनाउने र विश्वासको मत लिएपछि अरू सदस्य थप्ने सहमति भएको आङ्बोले बताए।
>
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा माओवादी केन्द्र, समाजवादी र जसपाको समर्थनमा मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री र मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजेका लागि तोकिएको छ।
>>