भदौ २४ गतेको अनुसन्धान गर्न सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बुझायो जाहेरी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ कार्तिक २०८२

भदौ २४ गते आगजनी भएको सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको छ। जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरू गरिसकेको एसएसपी रमेश थापाले जानकारी दिए।

कात्तिक १३ गते सर्वोच्च अदालतले लेटरप्याडमै घटना सम्बन्धमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न भनेर जाहेरी दिएको हो। जाहेरीमा कसैको नाम किटान भने गरिएको छैन।  सर्वोच्चले जाहेरी पठाएपछि अन्य मातहत अदालतहरूमा पनि जाहेरी पठाउन पत्राचार गरिएको छ। कात्तिक १४ गते नै जिल्ला अदालत काठमाडौंले पनि जाहेरी बुझाएको स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। उनका अनुसार भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी जाहेरी बुझाएको हो। भदौ २४ गते काठमाडौंको सर्वोच्च अदालत र २२ वटा अदालतमा आगजनी तथा तोडफोड भएका थिए।

सर्वोच्च अदालतले अन्य अदालतहरूलाई पनि प्रहरी कार्यालयमा जाहेरी दिन पत्राचार गरेको छ। त्यसक्रममा अन्य अधिकांश अदालतले यही सातामा जाहेरी दिने तयारी गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार