सुनको मूल्य घट्यो,प्रतितोला दुई लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२२ मंगशिर २०८२

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेको छ। आइतबार चाँदीको मूल्य तीन हजार ६ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य तीन हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार