चाँदीको भाउ बढ्यो, सुन स्थिर

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१४ कार्तिक २०८२

बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी बढेको छ । सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी केन्द्रीय बैंकले बुधबार मात्रै संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले सुनचाँदीको भाउ बढ्न दबाब पुग्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार