बुधबार सुनको भाउ फेरि रेकर्ड नजिक ,प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
११ भाद्र २०८२

बुधबार सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो । हिजो १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउले हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको छ । तीन साता नपुग्दै सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको हो ।

चाँदीको भाउ घटेको छ । अघिल्लो दिन २३६० रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ घट्दै २३४५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार