लगातार ५ कारोबार दिन बढेको सुनको भाउ सोमबार स्थिर

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ असार २०८२

लगातार ५ कारोबार दिन बढेको सुनको भाउ सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । जेठ २७ गते प्रतितोला १ लाख ९० हजार रहेको सुन त्यसयता ७ हजार ५ सय बढिसकेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । सो मूल्य रेकर्डभन्दा हाल ताेलामा ४ सय रुपैयाँ कम छ । चाँदी उच्च मूल्यमा पुगेर स्थिर रहेको छ ।

सोमबार तोलामा २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । तीन दिनदेखि चाँदी यहीं मूल्यमा स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार