एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ जेठ २०८२

शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार