सुनको भाउ सोमबार सामान्य बढेको छ । तोलामा १ सय रुपैयाँमात्र बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार प्रतितोला १ सयले बढेर १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । >
आइतबार तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । तर, चाँदीको भाउ भने स्थिर रहेको छ । आज तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । >
आइतबार पनि यही भाउ थियो । गत शुक्रबार तोलाको १ हजार ८ सय ४५ थियो । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।>>