सुनचाँदीको भाउ घट्यो , तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
४ पौष २०८१

नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ । बुधबार तोलाको १ हजार ८ सय ३५ रुपैयाँ थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो ।

त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।सरकारले भन्सार दर घटाएपछि सुनचाँदीको भाउमा उच्च गिरावट आएको ho


प्रतिक्रिया

सम्बन्धित समाचार